दिनेश श्रेष्ठ बने एफएनसीसीआई प्रदेश नम्बर ३ को अध्यक्ष



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

आज धुलिखेलमा भएको साधारण सभाले ३ नम्बर प्रदेशको कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ यसअघि नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्ष थिए । २ महिना अगाडी भएको निर्वाचनमा उनि जिल्ला नगर उपाध्यक्षमा पराजित भएका थिए ।

साधारण सभाले १३ सदस्य कार्यसमिति चयन गरेको छ जसमा उपाध्यक्ष राजन गौतम र कृष्णप्रसाद अवाल निर्वाचित भएका छन्। कोषध्यक्षमा ज्ञानबहादुर विसुराल निर्वाचीत भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गुणराज श्रेष्ठ, मन्जु कोजु श्रेष्ठ, पशुपति खड्का, प्रकाश मानन्धर, विनय श्रेष्ठ, सविन श्रेष्ठ, खडानन्द त्रिपाठी, विदुर पराजुली र सुन्दर कार्की निर्वाचित भएका छन् ।


क्लिकमान्डु