भरतपुरमा पुनः मतदानको निर्णय मान्ने छैनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पुनः मतदान गराउने निर्वाचनको आयोगको निर्णय मान्य नहुँने बताएका छन् ।

प्रधानमन्त्री निर्वाचनको बारेमा बसेको बैठक सकिएपछि ओलीले पुनः निर्वाचन गराउने निर्णय आफुहरुलाई मान्य नहुँने बताए ।

निर्वाचन आयोगले मत गणनामा च्यातिएको भरतपुर वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

उनले आयोगले गलत काम गरेको बताए । एमालेले भरतपुरमा मतगणना गर्नुपर्ने र पुनः मतदान गरिए मान्य नहुँने बताउँदै आएको थियो ।


क्लिकमान्डु