छ्याङ्दी हाइड्रोपावरमा ३ अर्ब ७८ करोडको आवेदन, तपाईलाई कति पर्ला ?



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपिओमा ३ अर्ब ७८ करोड २८ लाख २३ हजार रुपैयाँको आवेदन परेको छ ।

जेष्ठ १४ देखि १८ गतेसम्मका लागि एक सय रुपैयाँका दरल ५ लाख २ हजार २ सय कित्ता साधारण सेयरका निष्कासन गरेको थियो ।

छ्याङ्दीले माग गरेको भन्दा भन्दा अत्याधिक धेरै ३ अर्ब ७८ करोड २८ लाख ३ सय रुपैयाँको आवेदन परेको छ । छ्याङ्दीले जेष्ठ १४ देखि १८ गतेसम्मका लागि सेयर आवेदन खुलाएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शुक्रबार नेपाल धितोपत्र बोर्डलाई सो रकमको बारेमा जानकारी गराएको छ ।

छ्याङ्दीको आइपीओमा ५९ हजार ८ सय १९ जनाका आवेदनबाट ३ अर्ब ७८ करोड २८ लाख ३ सय रुपैयाँको सेयर माग भएको छ ।

#यसभन्दा अगाडि प्रकाशित समाचारमा गलत भएकोले सच्चाइएको छ


पुष्प दुलाल