विद्युत प्राधिकरणले सुपर न्यादीको ४०.२७ मेगावाट बिजुली किन्ने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ। लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ।

प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंबीच हस्ताक्षर भएको हो।

सम्झौतानुसार हिउँदमा प्रतियुनिट ८.४० र वर्षामा भने ४.८० रुपैँयामा प्राधिकरणले विद्युत् खरिद गर्ने भएको छ।

गुरागाईंका अनुसार आयोजना निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ।

न्यादी खोलाको ६.८ घमि प्रतिसेकेन्ड पानीलाई ३० मि लामो र तीन मि उचाइको बाँध बाँधिने छ। उक्त आयोजनाको पानीलाई सुरुङमार्फत काफलडाँडा पु¥याएर विद्युत् उत्पादन गरिनेछ।

विसं २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी सञ्चालक गुरागार्इंले जानकारी दिए।


पुष्प दुलाल