बुम रेमिट्यान्सको एजेन्टमा कृषि विकास बैंक नियुक्त



काठमाडौं । बुम रेमिट्यान्स प्रा लिले कृषि विकास बैंकलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम कृषि विकास बैंकले आफ्ना शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ ।

साथै कृषि विकास बैंकका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । कृषि विकास बैंकको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।

सो सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति लिएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तकाअनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।


क्लिकमान्डु