८० अर्ब लगानीमा कर्मचारीले यसरी बनाउँदैछन् ७ सय मेगावाटको हाइड्रोपावर



काठमाडौं । निजामति कर्मचारीहरुको लगानीमा ६ सय ८० मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । उर्जा मन्त्रालयले बेतन कर्णाली आयोजना कर्मचारीहरुलाई बनाउन अनुमति दिएको हो ।

कर्मचारी सञ्चय कोषले कोषमा जम्मा गर्ने कर्मचारीहरुको कोष कट्टी गर्दै बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्न उर्जा मन्त्रालयबाट अनुमति लिएको उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुलाई ५ सय मेगावाटको हाइड्रोपावर बनाउन दिने उल्लेख गरेका थिए । उर्जा मन्त्रालयले बिहीबार कर्मचारी सञ्चय कोषलाई बेतन कर्णाली जलविद्युा आयोजना बनाउनका लागि अनुमति दिएको छ ।

उर्जा मन्त्रालयको अनुमति पाएसँगै कर्मचारीहरुको लगानीमा सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना बन्ने भएको हो ।

पहिलो २ वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने घिमिरेले जानकारी दिए ।

यो आयोजनामा नेपालकै प्रविधि प्रयोग गरिनेछ बताइएको छ । आयोजना निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब ६ लाख सञ्चयकर्ताहहरुको संयुक्त लगानीमा निर्माण गरिनेछ ।

‘कोषले वार्षिक नाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने नाफा नदिइ जलविद्युत् आयोजनामा नै लगानी गर्ने छ,’ उर्जा मन्त्रालयका प%A


पुष्प दुलाल