ट्रम्पको निर्णयसँगै अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरियो



वासिटन डिसी। राष्ट्रपति डोनाल्ट ट्रम्पको निर्णयसँगै अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ । ‘अमेरिका फस्र्ट’ भन्ने नारा निर्वाचनमा लगाएर राष्ट्रपतिमा चुनिएका ट्रम्पले निर्वाचनमा गरेको बाचा पुरा गरेका छन् ।

ट्रम्पका समर्थकले उनको घोणणाको स्वागत गरेका छन् । खासगरी कोइला उत्खननबाट बन्द भएपछि बेरोजगार भएका व्यक्तिहरु ट्रम्पको ‘आर्थिक राष्ट्रवाद’ भनिने नीतिको स्वागत गरेका छन् ।

कुटनीति,सुरक्षा तथा जलवायु परिवर्तनका जानकारहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिले भविष्यमा अर्थव्यवस्थाको कमान अरुको हाथमा जाने र यसले अमेरिकालाई घाटा लाग्ने बताएका छन् । ट्रम्पको यो नीतिको पूर्वराष्ट्रपति बाराक ओबामाले विरोध गरेका छन् ।

जर्मनी,फ्रानस र इटालीजस्ता युरोपेली देशहरुले पेरिस सम्झौतालाई कार्यान्वयन गर्ने जनाएका छन् । उनीहरुले विकासशिल देशहरुलाई योसँग जोडिनको लागि आर्थिक सहयोगको नीतिलाई पनि प्राथमिकता दिने जनाएका छन् । भारत र चीनले पनि अमेरिका यो सम्झौताबाट बाहिरिएपनि यसमा प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीवार अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता अमेरिकाको हितमा नभएको र अमेरिकीहरुको रोजगारी खोसिएको भन्दै आफुले यस्तो निर्णय लिएको बताए । डेढवर्ष अगाडि पेरिसमा भएको सम्मेलनमा ओबामा प्रशासनले सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सम्झौताले विश्व ताममानलाई औद्योगिकरणभन्दा अघिको २ डिग्रीभन्दा बढी नदिनको लागि हरितगृह ग्याँस उत्सर्जन कम गर्ने प्रस्ताव गरेको थियो ।
उनले निर्वाचनको क्रममा जलवायु परिवर्तमाथि शंका गर्दै राष्ट्रपतिमा निर्वाचित भएमा यो सम्झौताबाट बाहिरिने बताएका थिए ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका पेरिस सम्झौताबाट बाहिरने भएपछि नेपालजस्ता अविकसित देशहरुलाई पनि यसको प्रभाव पर्ने देखिएको छ । कतिपयले अमेरिका सम्झौताबाट बाहिरिएपछि सम्झौता औचित्यहिन भएको बताएका छन् ।ऐजेन्सी


क्लिकमान्डु