टाटाको शानदार एक्स्चेन्ज अफर सफलतापूर्वक सम्पन्न



नेपालका लागि टाटा मोटर आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले यही मिति २०७४ जेष्ठ ४ देखि जेष्ठ ११ गतेसम्म शानदार एक्स्चेन्ज अफर सम्पन्न गरेको छ ।

आफ्ना ग्राहकहरुलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त एक्स्चेन्ज अफर नेपालका मुख्य शहरहरु जस्तै वीरगंजमा जेष्ठ ४, जावालाखेल र बुटवलमा जेष्ठ ५, थापाथलीमा जेष्ठ ६, नक्साल र नेपालगंजमा जेष्ठ ७ र नारायणघाटमा जेष्ठ ८ गते सम्पन्न गरिएको हो ।

उक्त एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका कारहरुको अविश्वसनीय मूल्य प्राप्त गरि ग्राहकहरुले आफ्नो पुरानो गाडी नयाँ टाटा जेस्ट, बोल्ट, टियागो, स्ट्रोम वा सुमो सँग एक्स्चेन्स गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

सोही अवसरमा ग्राहकहरुलाई पुरानो गाडीको उचित मूल्याङ्कनसहित २५ प्रतिशत डाउन पेमेन्ट, १०.९९/ १४ २५ प्रतिशत सम्मको ब्याजदर, अन द स्पट फाइनान्स सुविधा, शून्य प्रतिशत सर्भिस चार्ज र एक्स्चेन्सको लागि छिटो छरितो र झन्झटरहित प्रकृयाजस्ता विशेष सुविधाहरु प्रदान गरिएको कुरा कम्पनीले जानकारी गराएको छ ।


क्लिकमान्डु