ग्रील तथा स्टील व्यवसायीलाई तालिम



काठमाडौं । ग्रील तथा स्टील उद्योगमाहरुमा कार्यरत कामदार कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम काठमाडौंमा सुरु भएको छ ।

ग्रील तथा स्टीले उद्योगका कर्मचारीको क्षमता अभिवृद्धि तथा आत्मसूरक्षाका लागि श्रम तथा रोजगार मन्त्रालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनाको सहकार्यमा  तालिमको आयोजना गरिएको हो । ।

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील क्षेत्रमा असुरक्षित किसिमले काम हुने भएकाले विगत ४ वर्षमा १७ जनाले ज्यान गुमाएका तथा सयौंको संख्यामा अंगभंग हुने जानकारी दिएका छन् ।

सरकारले साना उद्योग दर्ता प्रकृयालाई प्रभावकारी ढंगले कार्यान्वयन नगर्दा न्युनतम मापदण्ड पूरा नगरी संचालन गर्ने गरेकाले उद्योगहरु व्यस्थीत र मर्यादित हुन नसकेको कटुवालले आरोप लगाए ।

उद्योगमा काम गर्ने कर्मचारीहरुलाई नयाँ प्रविधिसँग अभ्यस्त तथा आत्मसूरक्षा सम्बन्धी शिक्षा दिनका लागि तालिमको आयोजना गरिएको बताए ।

आजबाट सुरु भएको तालिममा काठमाडौं, भक्तपुर र ललितपुरका २५ जना कर्मचारी तथा कामदार तालिममा सहभागी थिए ।


पुष्प दुलाल