नवराज सिलवालको मुद्दा असार १ लाई सर्यो



काठमाडौं । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आइजिपी बढुवाको विषयमा दायर गरेको मुद्दा असार १ लाई सरेको छ ।

बिहीवार नवराज सिलवालको पक्षका कानून व्यवसायी शम्भु थापाले बहस गरे । प्रतिवादी बनाइएका सरकारको तर्फबाट यो मुद्दामा बहस गर्न बाँकी रहेको छ ।

मुद्दा असार १ गतेको लागि सरेको छ । सर्बोच्चले नवराज सिलवालले दायर गरेको मुद्दामा बृहत पूर्ण इजलाश गठन गरेको थियो ।

न्यायधीशहरु चोलेन्द्र शम्शेर जबरा,जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेज बहादुर के सी र पुरुषोत्तम भण्डारीले हेर्ने छन् ।


क्लिकमान्डु