नवराज सिलवालको मुद्दा बृहत पूर्ण इजलाशमा सुनुवाई जारी




काठमाडौं । प्रहरी आइजिपी सम्बन्धी मुद्दामा अहिले सर्बोच्च अदालतको बृहत पूर्ण इजलाशमा सुनुवाई भइरहेको छ ।

जयबहादुर चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय सर्बोच्च अदालतले खारेज थियो । यसपछि सरकारले प्रकाश अर्याललाई आइजिपी बनाएको थियो । आफु पहिलो नम्बरमा रहेको भन्दै डिआइजी नवराज सिलवालले सरकारको निर्णय विरुद्ध सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्बोच्चले नवराज सिलवाल पहिलो नम्बरमा भएको भनेर अगाडि फैसला गरेपनि सरकारले पहिलो नम्बरमा प्रकाश अर्याल रहेको भन्दै आइजिपी बनाएको थियो ।

नवराजले प्रकाश अर्याल आइजिपी भएपछि दायर गरेको मुद्दाको सुनवाई गर्न सर्बोच्चले बृहत पूर्ण इजलाश गठन गरेको थियो । विशेष प्रकृतिका मुद्दामा सर्बोच्चले पूर्ण इजलाश गठन गर्ने गर्छ ।

बृहत पूर्ण इजलाशमा यो मुद्दा न्यायधीशहरु चोलेन्द्र शम्शेर जबरा,जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेज बहादुर के सी र पुरुषोत्तम भण्डारीले हेर्दै छन् ।


क्लिकमान्डु