रेनो क्विडका दुइ भेरिएन्ट नेपाली बजारमा, मुल्य २० लाख ९६ हजार



काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले ‘अल न्यू रेनो क्विड एएमटी’ सार्वजानिक गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध भएको कम्पनीले जारगिरेको बिज्ञप्तीमा उल्लेख छ ।

नेपाली बजारमा २ भेरिएन्टमा उपलव्ध छ । ‘एटिएम आरएक्सएल र एटिएम आरएक्सटी’ । यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्दछ । रेनो क्विड एएमटीको शुरुवाती मूल्य रु. २० लाख ९६ हजार ५०० रुपैयाँ रहेको छ ।

यसको सजिलो आर गियर बक्स आविस्कारिक सीफ्ट कन्ट्रोल डायलका साथमा संचालन गर्न सकिन्छ, जून सेन्टर कन्सोलमा इन्फोटेनमेन्ट सिस्टमको तल्लो भागमा रहेको छ ।

यसले म्यानुअल गीयर तथा क्लच दबाउनु पर्ने परम्परागत प्रणालीलाई परिवर्तन गरेको छ । यसमा रहेको इनोभेटिभ सीफ्ट कन्ट्रोल डायल तीन मोडहरुमा आउँछ– रिभर्स, न्यूट्रल, ड्राइभ ले सहज रुपमा प्रयोग गर्ने गरि स्मार्ट डिजाइन गरिएको छ ।


क्लिकमान्डु