५ पटक लिलामी गर्दासमेत बिकेन बिजय माल्याको ‘किङफिसर हाउस’



काठमाडौं । कुनै समय मदिरा किङको उपमा पाएका कारोबारी बिजय माल्याको ‘किङफिसर हाउस’ ले पाँचौ पटकको लिलामीमा पनि खरिदकर्ता पाएन ।

१७ वटा बैंकको समुहले माल्याको ऋण उठाउन गरिएको किङफिसर हाउसको लिलामीमा अघिल्लो पटक भन्दा १० प्रतिशतले मुल्य घटाए पनि लिलामी असफल भएको हो ।

किङफिसर हाउसको पहिलो लिलामीमा ‘बेस प्राइस’ १ अर्ब ५० करोड भारु तोकिएको थियो भने, दोस्रोमा घटाएर १ अर्ब ३५ करोड भारु राखिएको थियो ।

घरको रिर्जभ मुल्य ९३ करोड ५० लाख भारतिय रुपैयाँ राखिएको थियो । गत मार्चमा घरकोे मुल्य १ अर्ब ३ करोड ५० लाख भारु राखिएको थियो ।

पहिलो पटक बेस प्राइस १ अर्ब ५० करोड भारु थियो

किङफिसर हाउस माल्याको किङफिसर एयरलाइन्सको प्रधान कार्यालाय थियो । पछिल्लो पटक बैंकहरुले यसको मुल्य १० प्रतिशतले घटाएर ९३ करोड ५० लाख भारु बनाएका थिए । अघिल्लो पटक घरको मुल्य १ अर्ब ३ करोड ५० लाख भारु थियो । गत डिसेम्बरमा भने मुल्य १ अर्ब १५ करोड भारु राखिएको थियो ।

किङफिसर हाउसको पहिलो लिलामीमा ‘बेस प्राइस’ १ अर्ब ५० करोड भारु तोकिएको थियो भने, दोस्रोमा घटाएर १ अर्ब ३५ करोड भारु राखिएको थियो । तर, पाँचै पटक बंगलाले कुनै खरिदकर्ता भने पाएन । किङफिसर हाउस मुम्बइको आन्तरिक टर्मिनल नजिकै १७ हजार बर्ग फुट एरियामा फैलिएको छ ।

सम्पत्तिको कमर्शियल संभाब्यता

बैंकर्सहरुका अनुसार एयरर्पोट नजिकै भएका कारण घर र जग्गाको ब्यवसायीक संभाब्यता निकै राम्रो छ । सम्पत्तिको कुल एरिया २ हजार ४ सय बर्ग मिटर छ भने निमार्ण चाँही ४ सय बर्ग मिटरमा मात्र भएको छ । बाँकी जग्गा खाली नै छ । ४ तल्ला निमार्ण भएको छ भने पाँचौ तल्लाको लागि अनुमति पनि लिइसकिएको छ । यस्तो अवस्थामा खरिदकर्ताको लागि घर र जग्गाको राम्रो उपयोग गर्ने अवसर छ ।

जानीजानी ऋण नतिरेका ऋणी हुन् माल्या

माल्या किङफिसर एयरलाइन्सको ऋणको सन्दर्भमा जानी जानी ऋण नतिर्ने ऋणी घोषित भइसकेका छन् । किङफिसर एयरलाइन्स सन् २०१२ देखि बन्द छ ।

माल्यासँग एसबिआइ, पिएनबी लगायत बैंकको ९ हजार करोड भारु बक्यौता छ । माल्याले अघिल्लो बर्ष २ मार्चमा भारत छाडिसकेका छन् । अहिले उनी बेलायतमा छन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु