दोस्रो चरणको निर्वाचनको लागि नयाँ कार्यतालिका कुन दिन के हुन्छ ?



काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सरकारले दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि सो अनुसारको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले निर्वाचनको लागि असार २ गते उम्मेद्वार मनोनयन गर्ने मिती तय गरेको छ । उम्मेद्वारको अन्तिम नामावली असार ५ मा प्रकाशन हुने छ ।

उम्मेद्वारले चुनाव चिन्न असार ५ गते पाउँने छन् ।

असार १४ गते विहान ७ देखि ५ बजेसम्म मतदान हुने छ ।


क्लिकमान्डु