रहेनन् पर्यटन व्यवसायी बिके श्रेष्ठ, आजै पशुपति आर्यघाटमा अनत्येष्टि गरिने




काठमाडौं । पर्यटन व्यवसायी बिके श्रेष्ठको निधन भएको छ । होटल एसोसिएसन अफ नेपालका पूर्ब अध्यक्ष तथा र्याडिसनका होटल प्रबन्ध निर्देशक श्रेष्ठको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो।

श्रेष्ठ लामो समय देखि फोक्सोको क्यान्सरबाट पीडित थिए। पर्यटन व्यवसायमा लामो समय देखि सक्रिय उनले मोसफलमा समेत आफ्नो व्यवसाय संचालन गर्दै आएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघमा समेत लामो समय सक्रिय श्रेष्ठ पछिल्लो समय आफनो व्यवसायमा नै सक्रिय थिए ।

ट्राभल एण्ड टुरको क्षेत्रमा उनको लामो अनुभब रहेको छ । उनले संचालन गरेको हिमालयन ट्रभल एण्ड टुर पुरानो कम्पनी हो । उनको श्रीमती र तीन छोरी छन्। उनको पाथिर्वशरिर आजै पशुपति आर्यघाटमा अनत्येष्टि गरिनेछ ।


क्लिकमान्डु