महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा गुणनिधि तिवारी




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको संसोधित बिधान अनुसार भएको निर्वाचनमा प्रदेश नम्बर ५ को अध्यक्षमा गुणनिधि तिवारी बिजयी भएका छन् ।

अध्यक्ष तिवारी यसअघि महासंघमा ४ पटक कार्यसमिति सदस्य भइसकेका थिए ।

जेठ १५ गते भएको निर्वाचनमा तिवारीले भैरहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् ।

जम्मा दुइ पदका अध्यक्ष र एसोसिएट उपाध्यक्ष लागि मात्र निर्वाचन भएकोमा अध्यक्षमा तिवारीले ७२ प्रतिशत मत ल्याएका थिए भने एसोसिउट उपाध्यक्ष दिपक पौडेलले १ मत बढि ल्याएर बिजयी भएका थिए । अन्य सबै पदमा निर्विरोध भएको थियो ।

१३ सदस्य कार्यसमितिमा अध्यक्ष, २ उपाध्यक्ष (जिल्ला नगर र एसोसिएट १/१) एक कोषध्यक्ष पदाधिकारी रहने छन् भने जिल्ला नगरबाट ५ जना सदस्य र एसोसिएटबाट २ जना सदस्य निर्वाचित हुने व्यवस्था बिधानमा छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष तिवारी, जिल्ला नगर उपाध्यक्षमा हेमराज बञ्जाडे, एसोसिएट उपाध्यक्षमा दिपक पौडेल र कोषध्यक्षमा मोहन श्रेष्ठ विजयी भएका छन् ।

सदस्यहरुमा जिल्ला नगर सदस्यतर्फबाट नन्दलाल बैस्य, नरेन्द्र शर्मा, दुर्गा पाण्डे, ज्ञानुराम न्यौपाने र उज्वल कसजु छानिएका छन् ।

एसोसिएट तर्फको सदस्यमा कृष्ण श्रेष्ठ र श्याम सुन्दर अग्रवाल निर्वाचित भएका छन् ।

एकजना सदस्य मनोनित गरिएको छ, जसमा यज्ञप्रसाद भट्टराई मनोनित भएका छन् । एक महिला सदस्य मनोनित गर्न बाँकी रहेको छ ।


क्लिकमान्डु