जनताको लगानीमा ७ वर्षमा १७ हजार मेगावाट जलविद्युुत् उत्पादन गर्ने



काठमाडौं । सरकारले बजेटमा ऊर्जामा ७ वर्षमा १७ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने महत्वकाक्षीं योजना अगाडि सारेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको बजेटमा जनताको लगानी जनताको पानी मार्फत सात वर्षमा १७ हजार मेगावाट जलविद्युत् निर्माण गर्ने घोषणा गरे ।

सरकारले सरकारी कर्मचारीको लगानीमा ५ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

सरकारले यो वर्ष ऊर्जामा ६२ अर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले तामाकोसी आयोजनाको लागि ५० करोड छुट्टाएको छ । यो वर्ष तामाकोसी आयोजना बन्ने र राष्ट्रिय प्रणालीमा ४ सय ५६ मेगावाट विद्युत् थपिने छ । यस्तै बुढीगण्डकी जलविद्युत्को लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।


क्लिकमान्डु