एमालेको कारण बजेट भाषणमा ढिलाई



काठमाडौं । व्यवस्थापिका संसद्को प्रमुख प्रतिपक्षी एमालेले माग पुरा नभएको भन्दै संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।

बजेट प्रस्तुत गर्न अर्थमन्त्री कृष्णबहादुर महरा संसद् पुगेपनि एमालेले प्रधानन्यायधीशमाथीको महाभियोग फिर्ता लगायतका माग सरकारले पुरा नगरेको भन्दै एमालेले सदन चल्न नदिने बताएको हो ।

पूर्व निर्धारित समय अनुसार बजेट भाषण ४ बजे गर्ने कार्यतालिका थियो ।

अहिले दलहरुबीच व्यवस्थापिका संसद्मा वार्ता चलिरहेको छ । संविधानमा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

बैठक सुरु हुन लागेपनि एमालेका शिर्ष नेता संसद्को कक्षमा पुगेका छैनन् । व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीपनि सभा कक्षमा आइपुगेकी छैनन् । सबै जसो शिर्ष नेता सदनमा आएपनि सभा कक्षमा आएका छैनन् ।


क्लिकमान्डु