दोस्रो चरणको चुनाव सर्यो, नयाँ मिति असार ९ गते



काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने भएको छ । पूर्व निर्धारित मिती जेठ ३१ गतेलाई सरकारले असार ९ मा सारेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले दोस्रो चरणको निर्वाचन १० दिन पर सार्ने निर्णय गरेको हो ।

संविधानमा असन्तुष्टी जनाएको मधेश केन्द्रीत दललाई सहमतिमा ल्याउन निर्वाचन सारिएको हो । राष्ट्रिय जनता पार्टी निर्वाचनमा आए १० दिनलाई निर्वाचन सार्न प्रमुख प्रतिपक्षी एमालेले सहमति जनाएको थियो ।

सरकारले एकै चरणमा बैशाख ३१ निर्वाचन गर्ने तयारी गरेपनि राजपालाई सहमतिमा ल्याउन दुई निर्वाचन गर्ने भन्दै चारवटा प्रदेशको निर्वाचन सारेको हो ।


क्लिकमान्डु