यस्तो देखियो सैनिक मन्चमा गणतन्त्र दिवस



काठमाडौं । गणतन्त्र दिवस सरकारले विशेष कार्यक्रम गरेर मनएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् ।

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए ।

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिएको थियो ।

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो ।
गणतन्त्र दिवसका केही तस्वीर हेनुहोस्


क्लिकमान्डु