सरकारले दिएको पदक नलिने प्रकाश दाहालको घोषणा



काठमाडौं । सरकारले दिएको पदक नलिने प्रकाश दाहालले घोषणा गरेका छन् ।

सामाजिक सन्जाल फेसबुक मार्फत उनले सरकारले दिएको पदक नलिने घोषणा गरेका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई जनसेवाश्री पदक दिएपछि व्यापक विरोध भएको छ ।

लोडसेडिङ हटाएका कुलमान र प्रकाशलाई एउटै पदक दिएको र प्रकाशको कुनै योगदान भएको आरोप लागेको छ ।

आरोप आएपछि प्रकाश दाहालले सामाजिक सन्जाल मार्फत गणतन्त्र ल्याउन आफ्नो र आफ्नो परिवारको प्रत्यक्ष भूमिका रहेको बताएका छन् ।

उनले सामाजिक सन्जालमा समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका रहेको बताएका छन् ।

आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित गरेको र भोलिपनि हुने बताएका छन् ।

सरकारले गणतन्त्र दिवसका अवसरमा सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दै दाहालले पदकका लागि मेरो कुनै आकांक्षा नभएको बताएका छन् । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु आफ्नो कर्तव्य रहेको भन्दै उनले त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गरे्का छन् ।

उनले आफुले देशका लागि अझै धेरै काम गर्न जरुरी रहेको बताएका छन् ।


क्लिकमान्डु