कुलमान घिसिङ र प्रचण्ड पुत्र प्रकाशलाई एउटै सम्मान !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का छोरा प्रकाश दाहालले गणतन्त्र दिवसको अवसरमा सम्मान पाएका छन् ।

लोडसेडिङ हटाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशिक कुलमान घिसिङ र प्रकाश दाहालले एउटै सम्मान पाएका छन् ।

सरकारले प्रकाश दाहाललाई सुप्रबवल जनसेवाश्री पदकबाट सुशोभन गर्ने भएको हो । दाहाललाई समाजसेवीको नाममा सम्मान गर्न लागिएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
गणतन्त्र दिवसको अवसरमा सरकारले दिने सम्मानमा जनसेवाश्री पदकबाट सातौ तहको सम्मान हो ।

सरकारले पहिलो नम्बरको सम्मान नेपाल रत्नबाट पहिलो जननिर्वाचत प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालालाई नेपा रतन्त्र मररणोपरान्त दिने निर्णय गरेको छ ।

यस्तै दोस्रो नम्बरमा रहेको राष्ट्र गौरव महेन्द्रनारायण निधीलाई मरणोपरान्त दिने भएको छ । महेन्द्रनारायण निधी नेपाली कांग्रेसका पूर्व महामन्त्री हुन् । उनका छोरा विमलेन्द्र निधी अहिले उपप्रधान तथा गृहमन्त्री छन् ।

विगतमा जस्तै यो पटकपनि सम्मान पाउनेमा सरकारी अधिकारी र राजनीतिककर्मी रहेका छन् ।


क्लिकमान्डु