भरतपुरमा पुनः चुनाव !



काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणना प्रक्रिया जारी रहदा मतपत्र च्यातिएको कुरा बाहिर आएको छ । निर्वाचन आयोगले पनि मतपत्र च्यातिएको पुष्टी गरिसकेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मतगणना नसक्दासम्म मतपत्र च्यातिएमा यस्तो स्थानमा पुनः मतदान गराउनुपर्ने कानूनी व्यवस्था छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ मा यस्तो व्यवस्था छ । मतगणना हुनुपूर्व मतपत्र नोक्सान भएमा,वा नष्ट भएमा,खोसिएमा मतगणना स्थगित गर्नुपर्ने हुन्छ । अहिले भरतपुरमा मतगणना स्थगित भइसकेको छ ।

मतदान अधिकृतले कानून अनुसार यसको जानकारी निर्वाचन आयोगलाई गराइसकेका छन् ।

भरतपुरको अहिले वडा नम्बर १९ को मतगणना जारी रहदा मतपत्र च्यातिएको हो । जुन बुथको मतपत्र च्यातिएको छ । त्यहाँ चुनाव गर्नुपर्ने कानूनले भनेको छ । तर,यसको निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई छ ।


क्लिकमान्डु