माओवादीले भरतपुरमा मतपत्र च्याते




काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रका प्रतिनिधिीले मतपत्र च्यातेका छन् ।

मतगणनाको अन्तिम चरणमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका हुन् । मतणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका च्यातेर अवरोध गरेका छन् ।

प्रहरीले माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ। मतपत्र च्यात्नुअघिसम्मको परिणाअनुसार दाहाल र ज्ञवालीको मतान्तर ७ सय ३३ पुगेको थियो। आइतबार साँझसम्म २७ वडाको मतगणना सकिँदा उनीहरुको मतान्तर ७ सय ८४ थियो भने अहिले मतान्तर अलिकति घटेको हो।ज्ञवालीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने दाहालले ४० हजार ९ सय ८ मत ल्याएका छन्।


क्लिकमान्डु