१०० रुपयाँ देखि नै जुत्ता चप्पल पाइने, शिखर क्रेजी सेल मेला जेठ १४ देखि



काठमाडौं । शिखर सुजले यहि जेठ १४ गतेदेखि ‘क्रेजी सेल’ मेला राजधानीको भृकुटीमण्डपमा गर्ने भएको छ । यस मेलामा १५% देखि ८५% सम्म छुट प्रदान गरिने आयोकले जानकारी दिएको छ । यस मेलामा १०० रुपैयाँ मुल्य देखिका जुत्ता चप्पल विक्रि गरिने छ ।

यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् ।

मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ ।

मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत विक्रि गरिनेछ । आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिए ।

मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु