१३ दिनपछि काठमाडौंको मतगणना सकियो, मेयरमा बिद्यासुन्दर शाक्य बिजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका बिद्यासुन्दर शाक्य बिजयी भएका छन् । मतगणनाको १३ दिनपछि आज मतपरिणाम आएको हो । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका राजुराज जोशी रहेका छन् ।

शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाए ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

महानगरको उपप्रमुखमा नेपाली काँग्रेसको हरिप्रभा खड्गी बिजयी भएकी छिन् ।उनले ५८ हजार ९५२ मत पाइन् ।

उपत्यकामा नेकपा एमाले र राप्रपा बिच चुनावी तालमेल भएको थियो ।

 


क्लिकमान्डु