हेटौडा सिमेन्टको योजना: बर्षमा ३०० दिन उद्योग चलाउने, नाफा ३० करोड नघाउने




काठमाडौं । व्यवसायिक उत्पादन सुरुगरेको ३९ बर्ष पूराभएको हेटौंडा सिमेन्ट उपभोक्ताको मुख्य रोजाइमा पर्ने गरेको छ । गैंडाको फोटोलाई आफ्नो लोगोको रुपमा प्रयोग गर्दै आएको यो सिमेन्ट पाएसम्म अर्को सिमेन्ट उपभोक्ताले प्रयोग गर्दैन थिए ।

तर, अहिले समय फेरिएको छ । निजी क्षेत्रले ठूला ठूला सिमेन्ट उद्योगहरु संचालन गर्दै आएका छन् । उनीहरुले आफ्नो उत्पादनलाई बजारमा दह्रो ब्रान्डिङ गरिरहेका छन् । सरकारी लगानीको यो उद्योगका उत्पादन अहिले सिमित निजामती कर्मचारी, राजनीतिज्ञ र त्यहाँ कार्यरत कर्मचरीका आफन्त र चिनेजानेकाको लागिमात्रै उपलब्ध छ भन्दा फरक पर्दैन ।

हेटौंडा उपमहानगरपालिका वडा नं ९ मा रहेको यो उद्योग १३५ बिगाह क्षेत्रफलमा फैलिएको छ । उद्योगको मुख्यखानी धादिङको जोगिमारामा रहेको छ भने अन्य दुईवटा खानी मकवानपुरको भैसे र ओर्केमा रहेको छ ।

चुनढुङ्गाको गुणस्तरका हिसावले सबैभन्दा उच्चस्तरको जोगिमारामा रहेको खानीमा भएको बताउँछन् कम्पनीका महाप्रबन्धक प्रेम शंकर सिंह ।

कम्पनीको संचालक समितिका अध्यक्ष रघुरमरण न्यौपानेका अनुसार कम्पनीले अहिले उत्पादनमा बिगतका सबै रेकर्ड तोडेर उत्पादन बढाएको दाबी गर्छन् ।

अहिले बर्षिक ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन हुने गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । अघिल्लो बर्ष प्रतिबोरा उत्पादन लागत ६४५ रुपैयाँ रहेकोमा यस बर्ष घटेर ६१५ रुपयाँमा आएको न्यौपानेले जानकारी दिए । उनले उद्योग मन्त्री नविन्द्रराज जोशीको सहयोग र महाप्रबन्धक सिंहको मेहेनतले उत्पादन बढेको बताए ।

उद्योगको दरबन्दी संख्या ६५५ भएपनि अहिले ३८० जना कर्मचारी रहेका छन् । यति कम कर्मचारीले समेत उद्योग पूर्णरुपमा संचालन गर्न सकेको बताउँछन् महाप्रबन्धक सिंह । उद्योगको १५८ वटा डिलर रहेका छन् । कम्पनीले चालु आबमा झण्डै ३० करोड खुद नाफा गर्ने लक्ष्य लिएको छ ।

अबकाे योजना
कम्पनीले आगामी बर्ष ३०० दिन उद्योग चलाउने लक्ष्य राखेको छ । करिब १० करोड लगानी थप गरेर १ हजार मेक्ट्रिटन क्षमतामा अपग्रेड गर्ने महाप्रबन्धक सिंहले जानकारी दिए ।

उनका अनुसार बिज्ञको सहयोगमा उद्योगस्तरोन्तिको सम्भाव्यता अध्ययन सकिएको छ । अध्ययनको रिपोर्ट अनुसार १ हजार मेट्रिकटनको लागी १० करोड लागनी थप गर्नु पर्ने देखिएको छ भने १५०० मेट्रिकटनको लागि ५८ करोड ६० लाख लगानी थप गर्नु पर्नेछ ।

२७५० मेक्ट्रिटन क्षमतामा बिस्तार गर्ने हो भने १ अर्ब १० करोड लगानी गर्नुपर्ने देखिएको उद्योगले जानकारी दिएको छ ।

यी सबै सम्भावना देखिए पनि आफ्नै कमाईले ठूलो लगानी गर्न कठिन भएकाले १० करोड लगानी थपेर आगामी बर्षदेखि उत्पादन क्षमता बिस्तार गर्ने तयारीमा रहेको महाप्रबन्धक सिंहले जानकारी दिए ।


क्लिकमान्डु