सन् २०३० सम्म नेपाल गरिब देशको सूचिबाट हट्ला ? कसरी



काठमाडौं । व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राजिना दिने तयारी गर्दै थिए । भलै प्रतिपक्षी नेकपा एमालेको अवरोधको कारण उनले राजिनामा दिन पाएनन् ।

संविधानसभामा सरकार पक्ष र प्रतिपक्षीबीच रक्सारक्सी चलिरहदा काठमाडौंमा एउटा बहस चलेको थियो । के सन् २०३० सम्म नेपाल गरिब देशको सूचिबाट हट्न सक्ला वा नसक्ला ।

विश्व बैंकले सार्वजनिक गरेको रिपोर्टले नेपाल सन् २०३० सम्म मध्य आय भएको देशमा पुग्न कठिन हुने प्रक्षेपण गरेको छ । सरकारले सन् २०३० सम्म लिएको लक्ष्य पुरा गर्न नीतिगत सुधारमा लगानीको वातावरण सुधार गर्नुपर्ने विश्व बैंकको सुझाव छ । प्रतिवेदनले नेपालको गरीबी भने घटेको देखाएको छ ।

बहसको सुरुवात गर्दै बरिष्ठ पत्रकार प्रतिक प्रधानले राष्ट्रिय योजना आयोग तथा राष्ट्र बैंकका पूर्व उपाध्यक्ष डा युवराज खतिवडालाई गरीबी घटेको र सन् २०३० सम्म मध्य आय भएको देशमा पुग्न सकिन्छ भन्ने प्रश्न राखे ।

प्रतिवेदन तथा प्रश्न जवाव दिदै खतिवडाले उनले नेपालमा गरीबी घटेको र यसको मुख्य कारणमा रेमिटेन्सलाई लिन सकिने बताए । ‘ नेपालले उच्च आर्थिक बृद्धिदर हासिल नगरेपनि सामाजिक क्षेत्रमा भने ठूलो फड्को मारेको छ’,खतिवडाले भने,‘ उच्च आर्थिक बृद्धिदर हुँदा आयमा असमानता आउने थियो होला तर,न्यून आर्थिक बृद्धिदर भएपनि नेपालमा आयमा असहमानता छैन।’

विश्व बैंकको रिपोर्टले नेपालमा आयमा असहमानता नभएको बताएको छ । पूर्व अर्थसचिव रामेश्वर खनाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताको कारण आयको असहमानता घटेको बताउँछन् । ‘ सामाजिक क्षेत्रमा कुल ग्राहस्र्थ उत्पादनको ठूलो रकम सरकारले खर्च गर्छ’,उनले भने,‘ जसले गर्दा असमानता कम देखिएको हो।’

उनले प्रतिवेदनमा नेपालको भन्सार दर बढी भएको भएपनि मुल्य अभिबृद्धि कर(भ्याट)मा एकरुपता र कर्पोरेट ट्याक्स कम भएको बताए ।

खतिवडाले सन् २०३० सम्ममा मध्यआय भएको देशमा पुग्नको लागि भने सम्भव भएको बताए ।

पूर्व अर्थसचिव खनालले आर्थिक बृद्धिदरको लागि दोस्रो र तेस्रो चरणको आर्थिक सुधार आवश्यक भएको बताए । ‘ राजनीतिक अस्थिरताको कारण आर्थिक सुधारसँग सम्बन्धित केही विधेयकहरु पारित हुन सकेनन्’,उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले भन्ने गरेको जस्तो विश्व बैंकले रिपोर्ट सार्वजनिक गरेको बताइनन् ‘ लगानीको लागि निजी क्षेत्र स्थाईत्वलाई फर्केर बसेको छ’,उनले भनिन् ।


क्लिकमान्डु