धौलागिरिमा पथप्रदर्शक बेपत्ता



म्याग्दी । धौलागिरि हिमाल आरोहण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए ।

हिमालयन एक्सपेडिसनमार्फत भारतीय एयर फोर्सका १४  आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए ।  आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए ।


क्लिकमान्डु