पुँजी बजारमा हरियाली, सबै उपसुचक बढे



काठमाडौं । यो साताको सुरुदेखि नै घट्दो क्रममा रहेको सेयर बजार मंगलबार भने बढेको छ । सो दिन नेप्सेपरिसुचक १०.११ अंकले बढेर १६२६.५१ बिन्दुमा पुगेको छ ।

मंगलबार १४७ कम्पनीका १ लाख १७ हजार ३५४ कित्ता सेयर खरिद विक्री भएका छन् । सो दिन ७८ करोड ६६ लाख रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

सो दिन सबै समुहका उपसुचक बढेका छन् । बैंकिङ समुह ११.०७, होटल समुह ०.८२, विकास बैंक समुह १०.९५, जलविद्युत समुह २.८३, फाइनान्स कम्पनी समुह ११.३५, बीमा समुह २०.९२, उत्पादनशील समुह ५५.०१ र अन्य समुह ०.५८ प्रतिशतले बढेका हुन् ।

सो दिन हिमालयन डिस्ट्रीलरी, बोटलर्स नेपाल (तराई), श्रीइन्भेष्टमेन्ट फाइनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था, जेविल्स फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

बढेको बजारमा पनि सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, रिडी हाइड्रोपावर विकास कम्पनी, पूर्णिमा विकास बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त, मेरो माइक्रोफाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु