एक लाखमत गन्दा एमालेका विद्यासुन्दर शाक्यको फराकिलो अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म एक लाख मत गनिएको छ । मतपरिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले ३२ हजार ९ सय ३१ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले २३ हजार ५ सय ७१ मत ल्याएका छन् ।

यस्तै विवेकशिलकी रन्जु दर्शनाले १२ हजार ७ सय ३१ र साझाका किशोर थापाले ९ हजार ६ सय २६ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्कीले २० हजार ५ सय ४४,राप्रपाका राजाराम श्रेष्ठले १८ हजार ४ सय ८० मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु