सकारात्मक राजनीतिले पनि तान्न सकेन नेप्सेलाई, लगातार दोहोरो अंकको गिरावट




काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से. दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.४९ अंकले घटेर १६१६.७५ अंकमा आइपुगेको छ । कारोबार रकम पनि ५२ करोड ८६ लाख रुपैंयाँमा खुम्चिएको छ ।

चुनाव अघि चलाएमान भएको नेप्से चुनावपछि केही दिन स्थिर रहको थियो । त्यसपछि बिगत २÷३ दिन देखि भने दोहोरो अंकले घटेको छ ।

चुनाव छिटफुट घटना बाहेक राम्रैसँग सम्पन्न भएको छ भने दोस्रो चरणको निर्वाचनको लागि पनि राम्रो माहौल बन्दै गएको छ । मधेशी दलहरुको चुनावमा भाग लिने संभावना बढ्दै गएको छ । यस हिसाबले नेप्से दोहोरो अंकले घट्नु पर्ने कुनै राजनीतिक कारण छैन । सकारात्मक राजनीतिक बातावरणका बाबजुद बैंकहरुमा तरलता पूर्ण रुपले सहजता नहुनु, ब्याजदर नघट्नु र बैंकहरुले सहजतापूर्वक कर्जा प्रवाह गर्ने बातावरण नबनिसकेका कारण नेप्सेले गति पक्रन नसकेको देखिन्छ ।

सोमबार १४५ कम्पनीको ९ लाख ८५ हजार कित्ता सेयर कारोबार भएको छ ।

उपसूचकहरुमा होटल १२.७२ र उत्पादन २०.६४ अंकले बढेका छन् भने अन्य सबै उपसूचकहरु घटेका छन् ।

बैंकिङ १३.६१, बिकास बैंक ५.६७, जलबिद्युत १०.१३, बित्त ०.११ र बीमा ६५.३६ अंकले घटेका छन् ।

सोमबार सबैभन्दा बढि नेपाल बैंकको ८ करोड रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा बैंक आफ काठमाण्डौंको ३ करोड ५७ लाख रुपैंयाँको कारोबार भएको छ । तेस्रोमा हिमालयन जनरल इन्स्योरेन्सको ३ करोड १५ लाख रुपैंयाँको कारोबार भएको छ ।

सिनर्जी पावर, मेरो माइक्रो फाइनान्स र नेशनल माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यसैगरी स्ट्यान्र्डड चार्टड बैंकका लागानीकर्ताले सबैभन्दा बढि ३.८८ प्रतिशतले गुमाएका छन् । साहारा बिकास बैंक र न्याग्दी ग्रुप पावरका लागानीकर्ताले पनि ३.८० र ३.५८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु