अमेरिका र साउदी अरबले गरे ३ सय ५० खर्ब रुपैंयाँको हतियार सम्झौता




काठमाडौं । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग अर्बौं डलरको हतियार सम्झौता गरेको छ । दशकौं लामो सहकार्यलाई थप मजबुत बनाउँदै अमेरिकाले बिश्वकै ठूलो उर्जा उत्पादक देशसँग सम्झौता गरेको अमेरिकी बिदेश मन्त्रालयले जनाएको छ ।

सम्झौता तत्काल कार्यान्वयनको लागि १ सय १० अर्ब डलर र १० बर्षका लागि ३ सय ५० अर्ब डलरको हुने ह्वाइट हाउसले जनाएको छ । यो सम्झौतालाई सुरक्षा सम्बन्धको महत्वपूर्ण बिस्तारको रुपमा लिएको ह्वाइट हाउसको भनाइ छ ।

साथै साउदी अरब पनि आर्थिक सूधारको बाटोमा अग्रसर हुँदै छ । र, त्यसका लागि अमेरिकी कम्पनीहरुसँग अर्बौं डलरको धेरै सम्झौताहरु गरिसकेको छ ।

‘यो सम्झौताले साउदी अरबको भिजन २०३० लाई ठूलो सहयोग पुर्याउँछ, र, नयाँ आर्थिक क्षेत्रहरुमा हजारौं सिपमुलक रोजगारीहरुको सृजना गर्छ,’ बिश्वै ठूला सुरक्षा दलाल लकहिड मार्टिनले भने ।

यस हतियार प्याकेजले क्षेत्रीय तनाव झेलिरहेको र अमेरिकाले इरानलाइ ‘साइजमा राख्न’ महत्पूर्ण रणनीतिक क्षेत्रको रुपमा स्वीकार गरको साउदी अरबको सैन्य क्षमतामा ठूलो बृद्धि गराउँछ । साउदी इस्लाम धर्मावलम्बीहरुको पबित्र धार्मीक क्षेत्र हुनुका साथै इस्लामीक अतिवादीहरुको निशानामा रहेको मुलुक पनि हो ।

‘यो सुरक्षा सामग्री र त्यस सम्बन्धि सेवाले साउदी अरब र गल्फ क्षेत्रलाई इरानी खतरासँग जुध्न सहयोग पुर्याउँछ । साथै क्षेत्रीय आतंककारी गतिबिधिसँग लड्ने क्षमता अभिबृद्धि गरी अमेरिकी बोझलाई केही हद सम्म घटाउन पनि मद्दत पुर्याउँछ,’ ह्वाइट हाउसले बिज्ञप्तिमा भनेको छ ।

साउदी अरब अमेरिकी हतियारको प्राथमिक बजार पनि हो । अमेरिकी कुल हतियार निर्यातको १० प्रतिशत साउदी अरबमा निर्यात हुने गरको छ ।

साउदीको लागि राष्ट्रपति ट्रम्पको भ्रमण कुटनीतिक र सार्वजनिक सम्बन्धको संयोजन हो । सेप्टेम्बर ९÷११ मा भएको अमेरिकी आक्रमण पश्चात अमेरिका र साउदी अरबको सम्बन्धमा ठूलो दरार पैदा भएको थियो ।


क्लिकमान्डु