चुनावपछि सेयर बजार दोहोरो अंकले घट्यो




काठमाडौं । गत हप्ता स्थिर रहेको नेप्से यो हप्ताको कारोबारको पहिलो दिनमै दोहोरो अंकले घटेको छ । नेप्से १६.६३ अंकले घटेर १६२७.२४ अंकमा आइपुगेको छ । कारोबार रकममा पनि गिरावट आएको छ । गत हप्ताको कारोबारको अन्तिम दिनको ७८ करोड रुपैंयाँबाट कारोबार रकम ६८ करोड रुपैंयाँमा झरेको छ ।

आइतबार १४६ कम्पनीको ११ लाख ९७ हजार कित्ता सेयर कारोबार छ । उत्पादन र अन्य बाहेक सबै उप—सूचकहरु घटेका छन् । उत्पादन ५४.४६ अंक र अन्य ०.८७ अंकले बढेका छन् ।
यसैगरी बैंकिङ १८.६९, होटल ४९.६९, बिकास बैंक १५.२३, जलबिद्युत २२.२३, बित्त ६.५१ र बीमा १०४.८७ अंकले घटेका छन् ।

नेपाल इन्स्योरेन्सको सबैभन्दा बढि ४ करोड १५ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी जनता बैंकको २ करोड ९५ लाख, स्वरोजगार लघुबित्तको २ करोड ८७ लाख र एनबी इन्स्योरेन्सको २ करोड ८३ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार एनबी एन्स्योरेन्स, बोर्टलर्स नेपाल, सिनर्जी पावर, हिमालयन डिस्टिलरी र मेरो माइक्रोफाइनान्सका लागानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
यसैगरी जनता बैंकका लगानीकर्ताले सबैभनदा बढि ६.२६ प्रतिशतले गुमाएका छन् । भार्गब बिकास बैंक, कर्णाली बिकास बैंक र नयाँ नेपाल लघुबित्तका लगानीकर्ताले पनि ४ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।


क्लिकमान्डु