एलइडी बल्व खरिद गर्न सरकारलाई बाटो खुल्ला



काठमाडौं । सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ ।

सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

बुधवार अधिवक्ता लेखथान भट्टराई र नारायण चौलागाईँले सार्वजनिक खरिद ऐनलाई मिचेर एलइडी बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

सर्बोच्चका न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले खरिद प्रक्रिया रोक्नेगरी अन्तरिम आदेश दिन अस्विकार गरेको हो । सर्बोच्चले आगामी शुक्रवार विपक्षीलाई बोलाउने तथा कारण देखाउ आदे जारी गरेको छ ।

विद्युत् प्राधिकररणले ऊर्जा बचतको लागि भारतीय कम्पनीसँग २ करोड थान एलइडि बल्ब खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर,केही संचारमाध्यममा सार्वजनिक खरिद ऐन विपरित एलइडी खरिद गर्न लागिएको र यसमा अनियमिता भएको आरोप लागेको थियो ।

ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडि बल्व खरिद ऐन अनुसार खरिद गर्न लागिएको बताएका थिए ।


क्लिकमान्डु