नेपालमा पेट्रोलियम उत्खनन गर्न असार १५ भित्र ग्लोबल टेण्डर गर्ने तयारी



काठमाडौं । उद्योग मन्त्रालयले नेपालका बिभिन्न क्षेत्रमा पेट्रोलियम उत्खनन गर्नका लागि आगामी असार १५ भित्रै ग्लोबल टेण्डर आव्हान गरिसक्ने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उद्योगमन्त्री नबिन्द्रराज जाशीले सो कुराको जानकारी दिएका हुन् ।

‘पेट्रोलियमको उत्खननको लागि धनगढी देखि बिराटनगरसम्ममा बिभिन्न १० बेल्ट पहिचान भैसकेको छ,’ मन्त्री जोशीले भने ।

यसका लागि मन्त्रालयले आगामी असार भित्रै ग्लोबल टेण्डर आव्हान गर्ने भएको छ । पहिला टेक्नीकल र दोस्रो चरणमा मात्र आर्थिक टेण्डर आव्हान गर्ने मन्त्रालयले जनाएको छ । काम गर्ने प्रबिधिक क्षमता भएकालाई मात्र टेण्डर दिन मन्त्रालयले यसो गर्ने भएको हो ।

मन्त्री परिसद्ले हालै पारित गरेको राष्ट्रिय खनिज नीतिमा पेट्रोलियम उत्खननलाई प्राथमिकतामा राखेको छ ।
देशमा उपलब्ध खनिज सम्पदाको दिगो , विवेक पूर्ण र यथोचित सदुपयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले मन्त्री परिसद्ले हालै राष्ट्रिय खनिज नीति २०७४ पारित गरको छ ।


क्लिकमान्डु