युनिक र हामालाई गाभेपछि सिभिलले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

सिभिल बैंकको साधारणसभामा बैंकले सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने तथा युनिक र हामालाई डिडिए अनुसार स्वाप रेसियोपनि अुनमोदन गरेको छ । जस अनुुसार सिभिलको प्रति सेयर एक सय बराबर युनिकको ९० तथा हामाले ८९ रुपैयाँ कायम हुने भएको छ ।

बैंकले ३० प्रतिशत हकप्रदको प्रस्ताव गरेपनि साधारणसभाले ४० प्रतिशतको प्रस्ताव पारित गरेको हो । साधारणसभाले संस्थापक सेरधनीको तर्फबाट सृजना शाक्य तामाङ संचालकमा गरेको नियुक्तीलाई अनुमोदन गरेको छ ।

बैंकले चैत मसान्तसम्ममा ३३ अर्ब ८१ करोड निक्षेप र ३१ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु