छयाङ्दी हाइड्रोपावर आइपिओ जेठ १४ देखि




छयाङ्दी हाइड्रोपावर लिमिटेडले आगामी जेठ १४ गते देखि सर्वसाधारणका लागि ५ लाख ४० हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

निष्काशन चाँडोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने भएको छ । इच्छुक लगानीकर्ताले कम्तीमा ५० कित्ता र बढिमा २७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई क्यापिटलले निष्काशनको ब्यनस्थापन गर्ने छ ।

कम्पनीले १० हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि र २७ हजार कित्ता सेयर म्युचल फण्डहरुका लागि छुट्याएको छ । कम्पनीले यसअघि २ लाख ७० हजार कित्ता सेयर प्रभावीत क्षेत्रका बासिन्दालाई निष्काशन गरिसकेको छ ।

२१ करोड ६० लाख रुपैंयाँ चुक्ता पूँजी भएको कम्पन्नीको आइपिओ पछि चुक्ता पूँजी २७ करोड रुपैंयाँ पुग्नेछ ।
आवेदन निम्न स्थानहरुबाट दिन सकिनेछ ।


क्लिकमान्डु