यी हुन् जनताले देखेका काठमाडौं महानगरका मेयरले गर्नै पर्ने पहिलो ५ मुख्य काम




काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय निर्वाचनको परिणाम आइरहेको छ । चुनाब भएका क्षेत्रको परिणाम हेर्ने हो भने नेकपा एमाले र नेपाली काँग्रेस अग्रस्थानमा देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देशभरका ४ वटै महानगरमा निर्वाचन भएको छ । ४ वटै महानगरको अन्तिम मत परिणाम आएको छैन । ३ वटा महानगरमा नेपाली काँग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा छ । चितबनको भरतपूर महानगरमा भने एमाले र माओबादी केन्द्रबीच तीब्र प्रतिस्पर्धा छ ।

काठमाडौं महानगरमा अहिलेसम्म एमालेले अग्रता लिइरहेको छ । एमाले वा काँग्रेसमध्ये कुन पार्टीका उम्मेदवारले चुनाब जित्लान भनेर अहिले नै अनुमान गर्नु अलि हतार हुन्छ ।

काठमाडौं महानगरका बासिन्दा भने जसले चुनाब जिते पनि आफ्ना बृहंगम समस्या समाधान भए हुन्थ्यो भन्ने बिचार राख्छन् । महानगरका निर्वाचित मेयरले गर्नुपर्ने पहिलो ५ मुख्य काम के हो भनेर हामीले मतगणनास्थल राष्ट्रिय सभागृहमा आएका केही ब्यक्तिहरुलाई सोधेका थियौं ।

काठमाडौंको बनस्थली बस्ने ६१ बर्षीय दुर्गा अर्याल फोहोर ब्यवस्थापनमा धेरै सुधार गर्नेु पर्ने, नदीहरु जस्तै विस्णुमती, बागमती सफा गर्नु पर्ने, ढलहरुको नियन्त्रण गर्नु पर्ने, नागरिकको स्वास्थ्यमा ध्यान दिनु पर्ने जनतालाई सुविधा दिनु पर्ने र धुलो धुवा नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउँछन् ।

काठमाडौं महानगर २१ वडाका बासिन्दा ५० बर्षीय उदय बज्राचार्य सबै भन्दा पहिले धुलो धुवाको समस्यालाई समाधान गर्नेु पर्ने बताउछन् । यस्तै अव्यवस्थित फुटपात पसलहरुलाई व्यवस्थित गर्नेु पर्ने, महानगर भित्रको यातायात समस्यालाई व्यवस्थापन गर्नेु पर्ने, नगरभित्र सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्ने, शिक्षालाई सुलभ ढंगमा व्यवस्थित गर्नेु पर्ने जस्ता काम रहेको बज्राचार्यको भनाइ छ ।

यस्तै बागबजारका ३९ बर्षीय सुमन खड्गी मुख्य रुपमा बाटो बनाउन ध्यान दिनु पर्ने, खानेपानी व्यवस्था राम्रो गर्नु पर्ने, धुलो धुवाको व्यवस्थापन गर्नेु पर्ने, काठमाडौं माहानगरमा ट्राफिक समस्याको व्यवस्थापन गर्ने पर्ने र ढलको ब्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँछन् ।

काठमाडौं महानगरको ३ नम्बर वडाका बासिन्दा ३३ बर्षीय अम्बिका पौडलले भने घरहरुको उचित ढंगले व्यवस्थापन गर्नेु पर्ने, काठमाडौंलाई सफा बनाउनु पर्ने, ब्यवस्थित वस्ती हुनु पर्ने, रोजगारीको ब्यवस्था गरिनुपर्ने जस्ता आवश्यकता रहेको बताउँछिन् ।

काठमाडौं महानगरको वडा नम्बर ३ बसुन्धाराका सबिता कार्की माहानगर बाहिर र भित्री बाटोहरु पनि पुननिर्माण गर्नुपर्ने, ढल ब्यवस्थापन, वडाहरुमा हुने ढिलासुस्तीको अन्त्य, अस्पतालहरुमा हुने लापारबाही लगायत वर्षाैदेखि रहेको खानेपानी अभाबलाई समाधान गर्नुपर्ने जस्ता प्रथामिकतामा राख्नु पर्ने बताउँछिन् ।

महानगर वडा नम्बर २८ मा बस्ने ४८ बर्षीय देबेन्द्र खड्गी विकाश गर्नु पर्ने धेरै काम भएपनि ढल निकाश, बाटो, सरसफाई, प्रशासन शुलभ तथा सुरक्षा प्रमुख रहेको बताउँछन् ।

काठमाडौं महानगरको कोटेश्वर बस्ने राजेन्द्र सिंह रोजगारी, बिजुली, बाटो र धुलोधुवा फोहोर व्यवस्थापन प्रमुख आवश्यकता रहेको बताउँछन् ।


क्लिकमान्डु