शाखा खोल्ने ब्रोकरको पुँजी कम्तिमा २ करोड हुनै पर्ने, स्नातक गरेको वा चार्टर्ड एकाउनटेन्ट प्रमुख हुनुपर्ने




काठमाडौं । अबदेखि २ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको ब्रोकरले शाखा खोल्न नपाउने भएका छन् । यस्तै धितोपत्र बोर्डको स्वीकृति लिएर मात्रै ब्रोकरले शाखा खोल्न पाउने भएका छन् ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको प्रस्तावमा सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ मा गरेको संशोधनमा यस्तो ब्यवस्था गरिएको हो ।

बोर्डले सो नियमावलीमा बिशेष गरेर ३ वटा संसोधन गरेको छ । संसोधित ब्यवस्थामा चुक्ता पुँजी कम्तिमा पनि २ करोड रुपैयाँ भएको ब्रोकरले मात्रै शाखा खोल्न पाउने ब्यवस्था गरिएको हो ।

यस्तै नयाँ दोस्रो ब्यवस्थामा बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने ब्यवस्था गरिएको छ । यसअघिको ब्यवस्थामा नेपाल स्टक एक्सचेन्जले शाखा खोल्ने अनुमति दिन सक्ने ब्यवस्था थियो ।

तेस्रो नयाँ ब्यवस्थामा मुख्य कार्यालयमा कम्मिा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधिसहित पाँच कर्मचारी हुनुपर्ने ब्यवस्था गरिएको छ । यो ब्यवस्था अनुसार शाखा कार्यालयको लागि वोर्डले यस्ता कर्मचारी तोक्ने समेत व्यवस्था भएको बोर्डले जानकारी दिएको छ ।

यसरी संशोधित व्यवस्थानुसार वोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लाने बोर्डको दाबी छ । जसवाट धितोपत्र व्यवसायको व्यवसायिक जोखिम न्युनिकरण हुदै जाने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।


क्लिकमान्डु