महानगरका मेयरलाई प्रश्नः स्मार्ट सिटी यस्ता हुन्छन्, तपाइ कस्तो बनाउनु हुन्छ ?



देशमा स्थानीय निर्वाचनको माहौल तातेको छ । मतगणता निकै सुस्त गतिमा भएका कारण सेलाइसक्नु पर्ने चुनाव अझै सेलाउन पाएको छैन ।

मोनोरेल, मेट्रोरेल, फ्रि इन्टरनेट, ट्राफिक ब्यवस्थापन, सफासुग्घर सहर बनाउने नाराका साथ चुनावमा होमिएका बिशेष गरी महानगरपालिकाहरुका मेयर उमेदवारहरु चुनाबी परिणाम ढिलो भएको कारण लोसे भएका छन् ।

धुवाँ धुलो र ट्राफिक अब्यवस्थाका कारण पुराना दलहरुको केही मत बैकल्पिक भनिने शक्तिहरु खोस्न सफल भएका छन् ।

स्मार्ट सिटीमा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार जस्ता आधारभूत सेवा सुविधाहरु अत्याधुनिक हुन्छ । यहाँ सूचना तथा सञ्चार प्रबिधिको चुस्त संयोजन हुन्छ । र, भौतिक वस्तुहरु, यातायात, भवन लगायतलाई बिद्युतीय बस्तु, सफ्टवेर, सेन्सरसँग जोडिन्छ ।

वास्तवमा महानगरहरुको सन्दर्भमा यो स्थानीय चुनावलाई राखेर हेर्दा चुनाव लड्ने शक्तिदेखि चुनावमा भोट हाल्ने मतदातासम्मको चासो सहरको उचित ब्यवस्थापनमा नै केन्द्रित छ ।

सहर ब्यवस्थापन अहिले नेपालको मात्र नभई बिश्वकै चासोकोे बिषय भएको छ । तिब्र गतिमा भैरहेको सहरीकरण र बढ्दो जनसंख्याका कारण पूर्वाधार, यातायात, उर्जा, स्वास्थ्यसेवा जस्ता आधारभूत सेवाहरुमा अत्याधिक चाप परेको छ ।

यस्ता सहरी चुनौतिहरुको सामना गर्नका लागि सरकारहरुले स्मार्ट सिटीको अवधारणा ल्याएका छन् । नयाँ प्रबिधिहरुको माध्यमबाट सहरलाई दिगो, बस्न योग्य र सहरबासीको जिवनस्तर उकास्ने नै स्मार्ट सिटीको उद्देश्य हो ।

स्मार्ट सिटीमा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार जस्ता आधारभूत सेवा सुविधाहरु अत्याधुनिक हुन्छ । यहाँ सूचना तथा सञ्चार प्रबिधिको चुस्त संयोजन हुन्छ । र, भौतिक वस्तुहरु, यातायात, भवन लगायतलाई बिद्युतीय बस्तु, सफ्टवेर, सेन्सरसँग जोडिन्छ ।

स्मार्ट सिटीमा ट्राफिक संकेतहरु स्वचालित हुन्छ । अत्याधिक ट्राफिक ब्यवस्थापनको लागि यसको ठूलो भूमिका हुन्छ । स्मार्ट सिटीमा निजीलाई भन्दा सार्वजनिक सवारीसाधनलाई बढि प्राथमिकता दिइन्छ ।

नेपाल सरकारले पनि बढ्दो जनसंख्या र सहरीकरणको बिस्तारसँगै काठमाण्डौं उपत्यका वरिपरि करिब ५ खर्ब रुपैंयाँ लगानीमा ४ वटा स्मार्ट सिटी बनाउने योजना अघि सारेको छ । यस्तै अहिलेको चुनावको उमेदवारहरुको योजना र मतदाताहरुको आकांक्षालाई हेर्ने हो भने काठमाण्डौं लगायतका महानगरपालीकाहरुलाई पनि स्मार्ट सिटी नै बनाउने दिशामा नै अग्रसर भएको देखिन्छ ।

कस्ता छन् बिश्वका ठूला स्मार्ट सिटीहरु ?
बार्सिलोना: बार्सिलोनासँग १०० भन्दा बढी सक्रिय स्मार्ट सिटी योजनाहरु छन् । ती स्मार्ट ट्राफिक लाइट, बिद्युतीय कार, सार्वजनिक वाइफाइ लगायत हुन् ।

सहरमा रहेका स्मार्ट एलइडी बत्तीहरु आवतजावतको बेलामात्र सक्रिय हुन्छन् । यसले ३० प्रतिशतसम्म उर्जा बचत गरेको छ । बिभिन्न सेन्सरहरुले बर्षा र आद्रताको मापन गरी बगैंचामा सिंचाइ गर्न कति पानी लाग्छ भन्ने तय गर्दछन् । बस बिसौनीहरु डिजिटलाइज गरिएका छन् । यसले यात्रुहरुलाई बस आउने जाने समयको जानकारी दिन्छन् ।

कोपनहेगन: कोपनहेगनलाई बिश्वको हरित सहर भनेर चिनिन्छ । सहरले ५० प्रतिशत कार्बन उत्सर्जन घटाएको छ । सहरका ४५ प्रतिशत मानिसले काम वा स्कुल जाँदा साइकलको प्रयोग गर्छन् । अत्यन्तै चुस्त ट्राफिक ब्यवस्थापन प्रणालीले ट्राफिकको बहाव र भिडभाड नियन्त्रण गर्छ ।

कोपनहेगनले २ प्रतिशत भन्दा कम फोहरमात्र ल्याण्डफिल साइटमा पठाउँछ । बाँकी सबै फोहर प्रशोधन गरेर उर्जामा परिणत गरिन्छ, जसले सहर तताउने काम गर्छ ।

सिङ्गापुर:  सिङ्गापुर बिश्वको पहिलो स्मार्ट देश हुने चाहना राख्ने देश हो । त्यहाँ मोबाइल र ब्रोडब्याण्डको पहुँच बिश्वमै सबैभन्दा बढी छ ।

९८ प्रतिशत सरकारी कामहरु अनलाइनमै उपलब्ध छन् । सरकारले नागरिकका सुबिधाका लागि यातायात, स्वास्थ्य, नगर सेवालगायत सुबिधाका लागि मोबाइल एपको निर्माण गरेको छ ।

जमिन माथि नै उर्जा बितरण र सेन्सरहरुको नेटवर्कका लागि प्रबिधिहरु जडान गरिएका छन् । यसले जमिन खन्ने लगायत झन्झटिला कामहरु गर्न नपर्ने भएका छन् ।

लण्डन: स्मार्ट सिटीहरुको सुचीमा लगातार परिरहने सहर हो लण्डन । लण्डन उद्यमशीलताको लागि बिश्वब्यापी रुपमा चिनिएको सहर पनि हो ।

सहरका समस्याहरुको छरितो हल गर्नका लागि ओपन डाटाको पहिलो पटक सुरुवात पनि लण्डनले नै गरेको थियो । लण्डनले यातायातको लागि मात्र ४०० वटा मोबाइल एप बनाएको छ ।

गाडीका डिजिटल नम्बर प्लेट, स्मार्ट पाकिंङ ब्यवस्था, स्मार्ट ट्राफिक बत्ति लगायत पनि लण्डनको बिशेषताहरु हुन् ।

सुचना तथा तस्बीरः बिभिन्न एजेन्सीको सहयोगमा ।


क्लिकमान्डु