अझै लागेन नेप्सेमा हावा, लगानीकर्ताका ‘चङ्गा’ हातमै



काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से स्थिर रहेको छ । नेप्से ०.३९ कोे झिनो अंकले घटेर १६४३.८७ मा अडेको छ । कारोबार रकम भने बिस्तारै बढ्न थालेको छ । बिहिबार १४६ कम्पनीको १२ लाख कित्ता सेयर कारोबार हुँदा ७८ करोड १२ लाख रुपैंयाँको कारोबार भएको छ ।

केही समय अघि चुनावको घोषणा लगायत हावा चल्दा नेप्सेमा पनि हावा चलेको थियो । तर, चुनाव पछि भने लगानीकर्ताहरु हातहातमा ‘चंङ्गा’ लिएर बस्दा पनि नेप्सेमा हावा नलागेका कारण ‘चंङ्गा’ उडाउन पाएका छैनन् ।

सामान्यतः सेयर बजारमा २० प्रतिशत समय माथि चढ्ने र २० प्रतिशत तल झर्ने क्रम रहन्छ । बाँकी ६० प्रतिशत समय भने सेयर बजार स्थिर रहने गर्छ ।

अहिले नेप्से पनि त्यही ६० प्रतिशत अन्र्तगत स्थिर छ । अब नेप्सेले स्थिरता पछि कुन दिशा लेला भन्न अझै केही समय कुर्न पर्ने देखिन्छ । समग्र राजनीति र आर्थिक परिदृश्य हेर्दा नेप्से अब केही समय पछि माथि उक्लने नै अनुमान गर्न सकिन्छ ।

बिहिबार बैंकिङ र अन्य बाहेक सबै उपसूचकहरु बढेका छन् । बैंकिङ ७.९४ अंकले घटेको छ भने अन्य १.७४ अंकले घटेको छ । बीमा भनृ २९.१९ अंकले बढेको छ ।

बिहिबार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढि ७ करोड ४४ लाख रुपैंयाँको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स र नेशनल लाइफले ४ करोड ९१ लाख र ४ करोड २५ लाख रुपैंयाँको कारोबार सहित हिमालयनलाई पछ्याएका छन् ।

बिहिबार एनबी इन्स्योरेन्स, बोटर्लस नेपाल, मेरो माइक्रोफइनान्स र सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
यसैगरी जनता बैंक र सप्तकोशी बिकास बैंकका लगानीकर्ताले ७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु