नेपाली महिलाको उद्धमशिलता बढाउन चिनियाँ उद्योगी व्यवसायी नेपालमा



काठमाडौं । नेपाली महिलाको उद्धमशिलता बढाउने उद्देश्यले नेपाल आएका क्वान्टम गडेज ग्लोबलका प्रतिनिधिलाई ओबिओआर नेपाल इन्टरनेसनल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्लेटफर्मले स्वागत गरेको छ।

नेपाली उद्योगी व्यवसायी र महिलालाई शसक्तिकरण गर्दै आत्मनिर्भर बनाउने अभियान चलाइरहेको ओविओआर नेपालले २ सय ६३ जना चिनिया उद्योगी व्यवसायीको भ्रमण फलदायी हुने बताएको छ।

नेपाल भ्रमणमा आएको टोलीलाई नेपालका तर्फबाट ओबिओआर इन्टरनेसनल ट्रेड एण्ड इन्भेष्टमेण्ट प्लेटफर्मका अध्यक्ष भाष्करराज राजकर्णिकारले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्वागत गरेका थिए।

चिनियाँ व्यवसायिक टोलीले घरेलु उत्पादन, नेपाली कला संस्कृतिका साथै औद्योगिक संभावनाका क्षेत्रबारे अवलोकन भ्रमण गर्ने छ । चीनमा नेपाली उत्पादनको आयात बढाउन समेत चिनियाँ टोलीको भ्रमण फलदायी हुने अपेक्षा गरिएको संस्थाले उल्लेख गरेको छ।


क्लिकमान्डु