मतगणना झै नेप्सेमा पनि छायो सुस्तता, ६२ करोडको कारोबार




बुधबार नेप्से ४.९८ अंकले घटेर १६४४.२६ अंकमा आइपुगेको छ । मंगलबार नेप्से दोहोरो अंकले घटेको थियो भने कारोबार रकम पनि ५० करोड रुपैंयाँमा सिमित भएको थियो । बुधबार कारोबार रकममा थोरै सुधार आएर ६२ करोड रुपैंयाँको कारोबार भएको छ ।

२० बर्ष पछि भएको स्थानीय चुनावको सुस्त मतगणना झैं नेप्सेमा पनि सुस्तता छाएको छ । नेप्सेले आगामी दिशा तय गर्न सकिरहेको छैन । राजनीति र अर्थतन्त्रमा सहजता आएपति त्यसको प्रभाव बजारमा अझै देखिन सकेको छैन ।

बुधबार १४० कम्पनीको ३१ लाख ६४ हजार ९ सय ६६ कित्ता सेयर कारोबार भएको छ । उपसूचकहरुमा होटल ४.७७, उत्पादन ३२.६४ र अन्य ४.०५ अंकले बढेका छन् । यसैगरी बैंकिङ ७.५५, बिकास बैंक १.२१, जलबिद्युत २०.१६, बित्त २.१८ र बीमा २६.६ अंकले घटेका छन् ।

बुधकार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढि १० करोड ३४ लाख रुपैंयाँको कारोबार भएको छ । हिमालयनलाई ३ करोड ४८ लाख रुपैंयाँको कारोबार सहित एनसीसी बैंकले पछ्याएको छ । यसैगरी सिद्धार्थ बैंक र एनबी एन्स्योरेन्सको पनि क्रमशः ३ करोड ४३ लाख र २ करोड ५७ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीका लगानीकर्ताले मात्र १० प्रतिशतले कमाएका छन् । बोटर्लस नेपाल र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।
यसैगरी सप्तकोशी बिकास बैंकका लगानीकर्ताले सबैभनदा बढि ५.३६ प्रतिशतले गुमाएका छन् । साहारा बिकास बैंकका लगानीकर्ताले पनि ४.९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु