उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ मेयर उठ्दा उपाध्यक्ष पद पनि गुम्यो,मेयरमा चुनाव पनि हारे




म्यादी । उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठले बेनी नगरपालिकाको मेयर पदमा पराजित भएका छन् ।

नेपाली कांग्रेसका हरि श्रेष्ठबाट प्रमोद श्रेष्ठ ४१ मतले पराजित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको विधानमा पदाधिकारीलाई कुनैपनि राजनीतिक दलको सदस्य हुन रोक लगाएको छ ।

उनले महासंघको उपाध्यक्ष पदबाट राजिनामा दिएका छैनन् । गत चैतमा भएको चुनावमा श्रेष्ठ किशोर प्रधान समुहबाट पदाधिकारीमा जित्ने एकमात्र उम्मेद्वार थिए ।

महासंघले यसअघि नै उनलाई निलम्बनको चिठी दिइसकेको छ ।

जिल्ला तथा नगरमा उपाध्यक्ष उम्मेद्वार बन्ने समयमा मेयरको पदको चर्चामा आएपनि प्रमोद श्रेष्ठले मेयरमा नउठ्ने बताएका थिए । दुई कार्यकाल महासंघको कार्यकारिणी सदस्य रहेका श्रेष्ठले मेयरमा चुनाव उठ्दा दुईतिरकै पद गुमाउनु परेको हो ।


क्लिकमान्डु