मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सेफको उपाध्यक्षमा नियुक्त



भारतको बम्बई स्टक एक्सचेञ्ज (बिएसई) मा बसेको साउथ एसियन फेडेरेशन अफ एक्सचेञ्जेज (सेफ) को १३ औ साधारण सभाले २०१६–१७को लागिनयाँकार्यकारी बोर्ड गठन गरेको छ ।

जसमा नेपाल बाट सेफको उपाध्यक्षमा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन नियुक्त भएका छन् । सुरेन्द्रन पछिल्लो कार्यकारी बोर्डमा सदस्य थिए ।

बिएसईका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशीषकुमार चौहान अध्यक्षमा भएका छन् ।

कोलम्बो स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत राजिभ बन्दरानाईके र ढाका स्टक एक्सचेञ्जका प्रवन्ध निर्देशक केएएममजेदुर रहमान वरिष्ठ उपाध्यक्षमा नियुक्त भएका छन् ।
सेफ दक्षिण एसियाको धितोपत्र तथा पूँजीबजार सँग सम्बन्धित २८ संघ–संस्थाहरुको छाता संगठन हो । नेपालबाट मेक्स नेपाल र नेप्सेले यसकोे सदस्य छन् ।


क्लिकमान्डु