एभरेष्ट बैंकको जुनियर असिस्टेन्टमा जागिर खाने हो ?




काठमाडौं । एभरेष्ट बैंकले जुनियर असिस्टेन्ट पदका लागि आवेदन माग गरेको छ । बैंकले उपत्यका बाहिरका ब्रान्चका लागि जुनियर असिस्टेन्ट पदमा आवेदन माग गरेको हो ।

बैंकले स्नातक उत्तीर्ण आवेदकले आवेदन दिन सक्ने जानकारी दिएको छ । कम्युटर सम्बन्धी ज्ञान, नेपाली र अंग्रेजी भाषामा दखल राख्ने र उमेरले २८ वर्ष कमका आवेदकले आवेदन दिन सक्ने छन् ।

आवेदकलाई काठमाडौं, विराजनगर वा नेपालगञ्ज मध्य एक ठाउँमा लिखित परीक्षाका लागि बैंकले छनोट गर्नेछ । आवेदन भर्ने अन्तिम मिति जेष्ठ १२ छ । आवेदकले www.merojob/EBl बाट आवेदन भर्न सक्ने छन् ।


पुष्प दुलाल