भरतपुर महानगरको १ नम्बर वडामा कांग्रेस विजयी



चितवन । नेपाली कांग्रेसका जयराम श्रेष्ठ झिनो मत अन्तरले भरतपुर १ नम्बर वडामा विजयी भएका छन् ।

१४ मत अन्तरले उनले नेकपा एमालेकी गीता श्रेष्ठलाई पराजित गरेका हुन्। जयरामले १ हजार १ सय ७७ मत प्राप्त गरेका थिए। उनको निकटतम प्रतिद्वन्दी एमालेकी गीताले १ हजार १ सय ६३ मत प्राप्त गरिन्।

माओवादीका टंकप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे। उनले ६ सय २१ मत प्राप्त गरे।


क्लिकमान्डु