थपिने भयो नयाँ स्टक एक्सचेन्ज



काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न दिन सैद्दान्तिक सहमति दिएको छ । गतसाता बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्ज खोल्न सहमति दिएको हो ।

अहिले नेपालमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)मात्र सेयर बजारको कारोबार हुने गर्छ ।

धितोपत्र बोर्डले स्टक खोल्नको लागि सैद्दान्तिक सहमति दिएपछि बोर्डमा स्थापनाको लागि दर्ता गरेका कम्पनीबाट आवेदन दिने वा नयाँ आवेदन माग्ने भन्ने निर्णय भने भएको छैन । धितोपत्र बोर्डमा शुरविर पौड्याल अध्यक्ष हुँदा स्टक एक्सचेन्ज थप्ने गृहकार्य भएको थियो ।

२०६६ सालमा चारवटा कम्पनीले स्टक एक्सचेन्ज स्थापनाको लागि आवेदन दिएका थिए ।

धितोपत्र बोर्डले गठन गरेको अध्ययन कमिटिले एउटा स्टक एक्सचेन्ज खोल्नुपर्ने सुझाव दिएको थियो । अर्थमन्त्रालयले पनि एउटा स्टक एक्सचेन्ज खोल्ने पक्षमा सहमत छ ।

सरकारी कम्पनी नेप्से पछिल्लो समय समय अनुकुल परिवर्तन अझै भएको छैन । बेलाबेलामा आउने प्राविधिक समस्याले लगानीकर्तालाई समस्या पार्ने गरेको छ । जसले गर्दा बजारमा एउटा स्टक एक्सचेन्ज आवश्यक देखिएको छ । नयाँ कम्पनी थपिएपछि नेप्सेमा पनि सुधार हुने देखिन्छ ।


क्लिकमान्डु