सल्यानमा कांग्रेस र एमाले गठबन्धनलाई हराउदै माओवादी विजयी



सल्यान । नेपाली कांग्रेस र एमालेका सयुक्त उम्मेद्वारलाई हराउदै माओवादी केन्द्रले सल्यानको दार्मा गाउँपालिकामा अध्यक्ष जितेको छ ।

देशभर एकअर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेले माओवादी विरुद्ध सल्यानमा चुनावी तालमेल गरेका थिए । जस अनुसार कांग्रेसबाट गाउँपालिका प्रमुख र एमालेबाट गाउँपालिका उपप्रमुख उम्मेद्वार थिए ।

मतपरिणाम अनुसार माओवादी केन्द्रका निमबहादुर जिसीले ३ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी कांंग्रेस र एमालेका सयुक्त उम्मेद्वार रामचन्द्र केसीले २ हजार ७ सय मत पाए ।

गाउँपालिकाको उपप्रमुखमा पनि माओवादीले जितेको छ । उपप्रमुखमा माओवादीका टिका शर्माले ३ हजार ६ सय ९५ मत पाइन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय ३१ मत प्राप्त गरे ।


क्लिकमान्डु